बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी प्रजातिका सर्प र भ्यागुताले विश्वलाई अर्बौं डलरको हानी गरिररहेकाे अनुसन्धानकाे खुलासा

आइतबार, १५ साउन २०७९, ०७ : ५३
आइतबार, १५ साउन २०७९

आक्रमणकारी कीराहरूले विश्वलाई कति आर्थिक क्षति पुर्‍याउँछ ? यो प्रश्नको जवाफ दिन सजिलो छैन । तर आजकल वैज्ञानिकहरू विश्वभर कीराको आक्रमणबाट हुने आर्थिक क्षतिको मूल्याङ्कनमा व्यस्त छन् ।

यी वैज्ञानिकहरूका अनुसार दुई प्रजातिका सरीसृपहरूले अरूको तुलनामा बढी हानि पुर्‍याउँछन् ।

वैज्ञानिकहरुको अध्ययन अनुसार अमेरिकी बुलफ्रग र ब्राउन ट्री स्नेकले सन् १९८६ यता १६.३ बिलियन डलरको क्षति पुर्‍याएका छन् ।

यी आक्रमणकारी प्रजातिहरूले पारिस्थितिमा क्षति पुर्‍याउनुका साथै बाली नष्ट गर्ने र विद्युत्को तार काटेर ठूलो क्षति पुर्‍याएका छन् ।

अन्वेषकहरू आफ्नो अध्ययनले भविष्यमा बालीहरूमा आक्रमण गर्नबाट जनावर प्रजातिहरूलाई रोक्न थप लगानी गर्न नेतृत्व गर्ने आशा व्यक्त गरेका छन् ।

वैज्ञानिकका अनुसार ब्राउन ट्री स्नेकले मात्रै १०.३ अर्ब डलरको क्षती गर्छ ।

यी वैज्ञानिकहरूले ‘साइन्टिफिक रिपोर्ट्स’ जर्नलमा एउटा रिपोर्ट लेखेका छन्, जसमा प्रशान्त टापुहरूमा यी आक्रमणकारी प्रजातिहरू तीव्र गतिमा बढ्दै गएको उल्लेख छ ।

गुआममा ठूलो विनाश

यो प्रजातिको सर्प गुआममा ठूलो संख्यामा फैलिएको थियो । अमेरिकी नौसेनाले गल्तीपूर्वक यो प्रजातिको सर्पलाई यहाँ छाडेको थियो । तर अहिले यहाँ समस्या भएको छ ।

यिनीहरु बिजुलीको लाइनमा पसेपछि धेरै पटक विद्युत आपूर्ति अवरुद्ध भएको र यो संकट लामो समयसम्म रह्यो । यसले ठूलो आर्थिक क्षति पु¥याएको छ ।

वास्तवमा, टापुहरूको  इकोलोजीमा हमलाकर्ता किरा वा सरीसृप प्रजातिको हमलाको बढी नै डर हुन्छ । यहाँको वनस्पति र पर्यावरणका लागि यो बढी खतरनाक छ ।

युरोपमा बुलफ्रगको कहर

युरोपमा अमेरिकी बुलफ्रगको संख्या यति धेरै बढेको छ कि यसलाई नियन्त्रण गर्न धेरै खर्च गर्नुपर्नेछ ।

यो उभयचर लम्बाइमा एक फिट सम्म बढ्न सक्छ र एक पाउन्डसम्मको तौल हुन सक्छ । युरोपमा यो समस्या यति धेरै बढेको छ, अब यसलाई नियन्त्रण गर्न महँगो बार लगाउनु परिरहेको छ ।

विशेषगरी बुलफ्रगको प्रजनन स्थलहरूमा अधिकारीहरूले यस्तो अभ्यास गर्नुपरिरहेको छ ।

जर्मनीमा, यी उभयचरहरूलाई रोक्नको लागि पाँचवटा पोखरी वरिपरि बारहरू बनाइयो, तर यसको लागत २,७०,००० युरो थियो ।

साइन्टिफिक रिपोर्ट्सको रिपोर्टका लेखकहरूले आफ्नो लेखमा युरोपेली अध्ययनबाट यो तथ्याङ्क उद्धृत गरेका छन् ।

बुलफ्रगले सबै खान्छ । कहिलेकाहीँ यसले अन्य बुलफ्रग पनि खान्छ । वैज्ञानिकहरूले भ्यागुताको अर्को प्रजातिलाई क्षतीका लागि जिम्मेवार बताएको छ ।

यो हो कोकी फ्रग । तर यो प्रजातिको भ्यागुताले अर्को तरिकाले क्षति पुर्‍याउँछ ।

वास्तवमा, यी भ्यागुताहरूले संभोगको समयमा यति धेरै आवाज निकाल्छन् कि मानिसहरू उनीहरुको प्रजनन स्थल आसपास कुनै पनि खालको सम्पत्ति जोड्न चाहँदैनन् ।

यस अध्ययनका लेखकहरूले  आक्रमणकारी कीरा, सर्प वा भ्यागुताहरूलाई नियन्त्रण गर्न सरकारहरूले  पैसा खर्च गर्न प्रोत्साहन गर्ने कुरामा आशा व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप