बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङ भूकम्प अपडेट : केही पूराना घरमा क्षति

आइतबार, १५ साउन २०७९, १२ : १२
आइतबार, १५ साउन २०७९

खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । 

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पले केही घरमा क्षति पुगेको र सोको विवरण संकलन कार्य जारी रहेको प्रजिअ सेडाईले जानकारी दिए । भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप