शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीबाट तीन वर्षमा २ सय जना हराए

आइतबार, १५ साउन २०७९, १३ : ४४
आइतबार, १५ साउन २०७९

भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् ।  आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन् । 

सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६/७७ मा ३८, २०७७/७८ मा ३९, आव २०७८/७९ मा ५३ जना फेला परिसकेका छन् । उनसाठी जना अझै सम्पर्कविहीन रहेका छन् । 
हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ ।  हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् ।   

पछिल्ला केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउनेक्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप