शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सक्किगो नि’ मा किन देखिएका छैनन् ‘जिग्री’ ?

सोमबार, १६ साउन २०७९, ११ : ३३
सोमबार, १६ साउन २०७९

पछिल्लो समयको लोकप्रिय हास्य टेलिसिरियल हो ‘सक्किगो नि’ । समसामयिक विषयवस्तुमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य ‘काकु’ लगायतका थुप्रै कलाकार नियमित देखिँदै आएका छन् ।

तर, पछिल्लो समय प्रसारमा आएको ५ भागमा भने यसका मुख्य कलाकार कुमार कट्टेल ‘जिग्री’ हराएका छन् । सिरियलबाट कट्टेल हराउनुलाई विभिन्न अनुमान गर्न थालिएको छ । कतिपयले त टिमसँगको मनमुटावका कारण कट्टेलले सिरियल छोडेको भनेका छन् भने कतिपयले कुमारले अर्काे सिरियल ल्याउन लागेको अनुमान समेत लगाएका छन् । आखिर किन हराए सिरियलबाट कट्टेल ?

सिरियलबाट आफु हराउनुको कारण सिरियल छोड्नु नभएको कलाकार कट्टेलले बताए । ‘सिरियलको कथा अगाडि बढ्दै जाँदा कथाको मागमा केही भागमा मेरो भूमिका परेन’, कट्टेलले भने, ‘सिरियल मैले छोडेको छैन । टिमसँग म सधै छु ।’ विगत ५ भागमा कथाका कारणले आफु छुटेको भएपनि अवको भागबाट आफ्नो भूमिका नियमित रहने कट्टेलले सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप