करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु
सोमबार, १६ साउन २०७९, २० : ३७

दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।
कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुबैको घटना स्थलमा मृत्यु हुन पुगेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
-
पीडितसँग प्रचण्डले भने -'मिटरब्याज समस्याको समाधान सजिलो रहेनछ, तर किनारा लाएरै छोड्छु'
-
सरकारले व्यवसायिक फर्ममा छापा मार्न हुँदैन : उमेशलाल श्रेष्ठ
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार