शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहान घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अनेक फाइदा, आँखाको ज्योति बढ्छ

मङ्गलबार, १७ साउन २०७९, ०७ : ४७
मङ्गलबार, १७ साउन २०७९

आजको बदलिँदो र भागदौडको जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्न सकिरहेका हुँदैनौँ । यस्तो अवस्थामा बिहान हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अद्भूत फाइदा मिल्छ । बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्दा शारीरिक र मानसिक तनावबाट मुक्ति मिल्छ । साथै, हरियो घाँसमा खाली खुट्टा हिड्दा आँखाको ज्योतिसमेत बढ्छ । यसका साथै मधुमेहका बिरामीले बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्नु फाइदाजनक हुन्छ ।

बिहान घाँसमा खाली खुट्टा हिँड्नुका अन्य फाइदा यस प्रकारका छन्ः

१. आँखाको ज्योति बढ्छ

आँखाको ज्योति तेजिलो बनाउन बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु निकै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिँड्दा हाम्रो शरीरको सम्पूर्ण दबाब खुट्टाको औंलाहरूमा पर्छ र यी बिन्दुहरूको मद्दतले आँखाको ज्योति तेज हुन्छ ।

२. तनाव कम गर्छ

तनाव कम गर्न बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु निकै फाइदाजनक मानिन्छ । किनकि हरियो घाँसमा खाली खुट्टा हिँड्दा दिमाग शान्त र तनावबाट टाढा रहन्छ । साथै मनलाई पनि निकै आराम महसुस हुन्छ । त्यसैले हरेक दिन बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्न प्रयत्न हामीले गर्नुपर्छ ।

३. मधुमेह रोगीहरूका लागि लाभदायक

मधुमेह रोगीको लागि बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु धेरै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिड्दा मधुमेहले लाग्ने घाउ सजिलै निको हुन्छ र मधुमेह नियन्त्रणमा मद्दत गर्छ ।

४. सुन्निएको कम गर्छ

सुन्निएको कम गर्न, बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिंड्नु धेरै नै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिँड्दा पृथ्वीको इलेक्ट्रोनहरूलाई एन्टिअक्सिडेन्टको रूपमा काम गर्न र तपाईंको शरीर सुन्निन कम गर्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप