बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको केन्टुकीमा बाढी, ३७ जनाको मृत्यु

मङ्गलबार, १७ साउन २०७९, ११ : २७
मङ्गलबार, १७ साउन २०७९

अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युत विहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ । बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप