बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

मङ्गलबार, १७ साउन २०७९, १३ : ३१
मङ्गलबार, १७ साउन २०७९

द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले मंगलबार काठमाडौँमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै उनीहरूले विरोध कार्यक्रमको आयोजना गरेका हुन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग पनि समावेश गराउनको लागि धर्ना कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ । उनीहरूले सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको आजीवन नि:शुल्क उपचार गर्नुपर्ने माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप