दार्चुलामा दुई मतदानस्थल थप गर्न सिफारिस

आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि दार्चुला जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपी हिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका–४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरेको हो ।
जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि प्रक्रिया नमिल्दा ती मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिनुभयो । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय १२ मतदानस्थल हुनेछन् ।
यस्तै गत आर्थिक वर्षसम्म जिल्लामा ८९ हजार तीन सय ८२ मतदाता पुगेका छन् । गत स्थानीय तह निर्वाचनमा ८८ हजार दुई सय ८५ मतदाता थिए । अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ । अहिले जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली दर्ता क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताले राम्रो मानेकाहरूलाई दुःख दिन सफल भएकोमा सरकारलाई बधाई’
-
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारको आग्रह
-
१० बजे १० समाचार : ओली, देउवा र प्रचण्डबिच सहमति, सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई
-
पिताबाटै बलात्कार, आमाले साथ नदिए पनि नेपाली चेलीले भारतमा पाइन् न्याय
-
आजको खेल गुमाएका केएल राहुललाई पुत्री लाभ
-
क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश