बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

बुधबार, १८ साउन २०७९, १२ : ३९
बुधबार, १८ साउन २०७९

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरे ।

कार्यक्रममा पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए । 

शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउण्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप