बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीले उठिबास : खाली गरिँदै गाउँहरू (तस्बिरहरू)

बुधबार, १८ साउन २०७९, १४ : ४९
बुधबार, १८ साउन २०७९

सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए । 

उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ। 

उनले उनले हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्दार भइसकेको बताए । यस्तै आवश्यकताअनुसार उद्दार र राहतको कार्य बढाइएको उनले बताए । लगातारको वर्षासँगै आएको बाढीले बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप