शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साथी पार्टनसले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

बुधबार, १८ साउन २०७९, २० : ०८
बुधबार, १८ साउन २०७९

साथी पार्टनर्स लिमिटेडले पुँजी बृद्धिको लागि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले चालु आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पु¥याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक रुपमा बिक्री गर्ने भएको हो । 

यसका लागि कम्पनीले व्यवसायिक सोच भएका व्यक्तित्वहरूलाई जोड्ने योजना बनाएको कम्पनीका संस्थापक अध्यक्ष तथा साथीमार्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पोखरेल जानकारी दिए ।

‘२०८०÷८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पु¥याउने लक्ष्य छ । योसँगै कम्पनी निकट भविष्यमा नै आईपीओ निष्काशनमा समेत जानेछ’ अध्यक्ष पोखरेलले भने, ‘सोही योजनाहरू कार्यन्वयन गर्नका लागि कम्पनीले तत्काल करिब १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । यसबाट कम्पनीको बलियोसँगै सशक्त टिमसहित कम्पनीको चुक्ता पुँजी १५ करोड ७३ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेका हौं ।’   

साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत केही विषेश तथा ठूला योजनासहित यहीँ श्रावण १ गतेबाट औपचारिक रुपमा सुरु भएको हो । यस कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, मःम फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै राम्रो ग्रुप अफ कम्पनी बनाउने लक्ष्य कम्पनीको रहेको छ ।

यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेल सम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो फढको मार्ने कम्पनीको दावी छ । उक्त कम्पनीमा ५ जनाको अनुभवी संचालक समिति समेत रहेको छ । ७ वटाभन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादनदेखि रिटेल, टेक्नोलोजीदेखि अनलाइन शपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुत्ता पुजी हाललाई ५ करोड ७३ लाख रहेको पोखरेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप