शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : उदयपुरमा सप्तकोशीले उठिबास, चीन र ताइवानबीच तनाव

बुधबार, १८ साउन २०७९, २१ : ३३
बुधबार, १८ साउन २०७९

आज २०७९ साउन १८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

सप्तकोशीले उठिबास 

सप्तकोशी फुटेर बस्तीमा पस्दा २० हजारभन्दा बढी स्थानीय जोखिममा परेका छन् । उदयपुर र सुनसरीका विभिन्न वस्तीका करिब २० हजार मानिस जोखिममा परेका हुन् । ​स्थानीयहरु बाढीबाट सरसामान र बालबच्चासहित जोगिन सुरक्षित स्थानतिर दौडिरहेका देखिन्छन् । उदयपुरको बेलका नगरपालिका ३ भाटेपुलकी स्थानीय चन्द्रकला राउतले सरसामान निकालेर माथि उचाइतिर जान लागेको बताइन् । उनले घर डुबानमा परेको भन्दै खाने बस्ने ठेगान नभएको बताइन् । ‘बस्ने कुरै छैन, सामान चाहिँ निकाले भनेर सुरक्षाकर्मीले पनि भनेकाले निकालिरहेको छु’, उनले भनिन्, ‘कहाँ बस्ने कहाँ, के गर्ने गर्ने ।’ बेलका नगरपालिका वडानम्बर ८,९,३,२,१ का सयौं घरपरिवार विस्थापित भएका छन् । ​

ताइवानमा तनाव

चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी हुन् । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको दृढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने उनको भनाइ छ । 

पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।

साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

मधेस प्रदेशका छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

 ​​​एकैदिन ९१५ जनामा सङ्क्रमण पुष्टि

देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

मंसिर ४ गते चुनाव 

मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले रातोपाटीलाई बताए । 

राष्ट्रिय अनुसन्धान विभागको दुरुपयोग भयो

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रति गुप्तचरी क्रियाकलाप गर्नका लागि अदालतको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ को सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले व्यक्तिको गोपनीयताको हक संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै सरकारमा रहेकाहरूले शक्तिको दुरुपयोग गर्न सक्ने भएकाले त्यसलाई रोक्नका लागि प्रतिगुप्तचरी क्रियाकलापका लागि अदालतको पूर्वस्वीकृति अनिवार्य गरिनुपर्ने बताएका हुन् । 

के गर्दैछिन् रेणु

‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको ब्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

 


 

सर्लाहीको क्षेत्र नम्बर ४

 

 

संघ तथा प्रदेशको चुनाव मिति नतोक्दै नेताहरु आ–आफ्नो चुनाव क्षेत्र सुरक्षित बनाउन थालेका छन् । कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने लेखाजोखा सुरु भइसकेको छ । सोही क्रममा अहिले मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ चर्चामा छ ।​

कोरोना संक्रमित आमाले स्तनपान

काठमाडौं । सरकारले ‘स्तनपानलाई बढाउन जनचेनता अभिवृद्धि गर्न सहयोग गरौँ’ भने नाराका साथ विश्व स्तनपान सप्ताह साताव्यापी रुपमा मनाइरहेको छ । परोपकार तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदीका अनुसार भनेको बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध पियाउनुलाई पूर्ण स्तनपान भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप