शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट गहुँ र चिनी आयात गर्न विशेष स्वीकृति लिनुपर्ने

बिहीबार, १९ साउन २०७९, ०८ : ५८
बिहीबार, १९ साउन २०७९

भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हाे । 

मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको मेलमा निवेदन दिन उद्योगीहरुलाई आग्रह गरेको छ । 

खाद्य संकट तथा हुनसक्ने भन्दै भारतले गत बैशाख ३० गतेबाट आन्तरिक उत्पादन भएको गहुँ र चिनीको निर्यातमा रोक लगाएको थियो । भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्ता लगायतको उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीहरुले गहुँको आयात खुलाउन माग गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप