शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नीमा एकेडेमी ई-लर्निङ एपद्वारा “मनसुन महाबचत ज्ञानमेलाको” तयारी

बिहीबार, १९ साउन २०७९, ११ : २७
बिहीबार, १९ साउन २०७९

नीमा एकेडेमी ई-लर्निङ एपले  शैक्षिक सत्र २०७९ को प्रारम्भिक चरणमा मनसुन अनलाइन एडुफेस्टको विस्तारित अफर अन्तर्गत  डिजिटल सिकाइका अफरहरू सहित तिन दिने  मनसुन महाबचत ज्ञानमेला गर्ने तयारी गरेको छ।
उक्त ज्ञान मेला डिजिटल माध्यममा श्रावण २० देखि २२ गतेसम्म तीन दिन चल्नेछ।

नीमा एकेडेमी ई-लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित, विशेष गरी कक्षा १ देखि १० सम्मका  विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्दैछ। उदयमान विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा किफायती मूल्यमा आकर्षक उपहार सहित  उपलब्ध गराउने कुरा कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ। 

यसका साथसाथै नीमा एकेडेमीले आगामी दिनहरूमा अफर, योजना, सदस्यता सुविधाहरू र  विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीहरूलाई लक्षित गरी लाभदायी प्याकेज ल्याउनेबारे खुलाएको छ। 
मूख्यत: मनसुन महाबचत ज्ञानमेला अन्तर्गत   शिक्षार्थीहरूलाई कक्षा १ -१० सम्मका विज्ञान र गणित ( Maths and Science )  विषयका वार्षिक प्याकेज खरिद गर्दा ५० %  सम्मको भारी छुटको व्यबस्था गरेको छ। 
नीमा एकेडेमीका अनलाइन कोर्सका  विषयवस्तु / पाठ्यक्रम शिक्षण सामग्री - ईपुस्तक, भिडियो, खेल, हाजिरीजवाफ,असाइनमेन्ट र एनिमेसनमा आधारित छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप