चिनियाँको अपहरणमा न्यायाधीशका पीएसओको समेत संलग्नता

राजधानीमा चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ । पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो । प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका हुन् । गुरुङसहित पक्राउ पर्नेमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर, विनोद केसी र शिव सुनार रहेका छन् ।
प्रहरी जवान शिव सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रहेको खुलेको छ । काठमाडौंको लैनचौरबाट दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर उनीहरुले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेपछि यसबारे खुलासा भएको हो । अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौती मागेको र ५० लाखमा अपहरण मुक्त गर्ने सहमति भएपछि चिनियाँ नागरिकको आफन्तको सहयोगमा प्रहरीले उनलाई अपहरण मुक्त गरेको बताइएको छ । आजै अभियुक्त हरुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित
-
माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्यो
-
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै
-
नक्कली मल बेचेको आरोपमा सर्लाहीबाट पसले पक्राउ
-
प्रधानमन्त्रीलाई भेटेर रवि लामिछाने फर्किए, प्रचण्डले दिएनन् सकारात्मक जवाफ
-
अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोलीबारी, १० जना घाइते