यी हुन् चिनियाँको अपहरण गर्ने दुई प्रहरीसहितका अपहरणकारी, तस्बिरमा हेर्नुहोस्
दुई प्रहरीसहित ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् ।
उनीहरुले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिकलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेको आरोप लागेको छ। फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो । उनीहरुले चिनियाँलाई अपहरण गरेर राजधानीको गोंगबुस्थित एक होटलमा राखेका थिए भने रकम लिन गोंगबुकै बिजी मलमा बोलाएपछि रकम लिने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई म्याद थपका लागि आज प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
अभियुक्तहरूको तस्बिर हेर्नुहोस् :






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण