बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभियान लघुवित्तको सेयरमा ११ लाखको आवेदन

बिहीबार, १९ साउन २०७९, २० : ३५
बिहीबार, १९ साउन २०७९

साउन १८ गतेदेखि बिक्री खुलेको अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा ११ लाख जनाको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार आज साँझ ५ बजेसम्म १० लाख ८० हजारभन्दा धेरैको आवेदन परेको हो ।

उक्त आवेदकबाट दोस्रो दिन नै १ अर्ब २४ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड २४ लाख ४७ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीको सेयरमा साउन २२ गतेसम्ममा आवेदन दिन सकिन्छ ।

कम्पनीले कूल ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुलाएको छ । जसमध्ये १२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ९ लाख १३ हजार कित्ता सेयरमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउँछन् ।

लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल १५ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी आईपीओ बाँडफाँडपछि बढेर २५ करोड पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप