बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको प्रगति : एक वर्षमा १६ किलोमिटर सडक कालोपत्रे

शुक्रबार, २० साउन २०७९, ०६ : २६
शुक्रबार, २० साउन २०७९

कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ । 

प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो । त्यस्तै ग्राभेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगति विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ । 

सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्पीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोहर्याउन समेत आग्रह गरेका थिए । 

सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगाएका ठूला विकासका काम गर्दै आएको छ । कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ । 

यो वर्षमा अधुरा योजनाहरु पूरा गर्नका लागि अधिकांश बजेट खर्चिएका कारण परिणाम देखिने कर्णाली सरकारको दावी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप