शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिके राउत उपेन्द्र यादवको चुनावी क्षेत्रबाट लड्ने

शुक्रबार, २० साउन २०७९, २२ : ००
शुक्रबार, २० साउन २०७९

आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका एक नेताले रातोपाटीलाई जानकारी दिएका हुन् ।

२०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेकाे छ । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् ।

२०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । उनलाई धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पनि निरन्तर दबाब आइरहेको छ ।

सरकारले बिहीबार मात्र मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको थियो । सरकारले चुनाव घोषणा गरेसँगै निर्वाचनको माहौल तात्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप