बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रेम त जोसँग पनि हुनसक्छ’

शुक्रबार, २० साउन २०७९, १० : ०३
शुक्रबार, २० साउन २०७९

अभिनेत्री श्रद्धा क्षेत्री यतिबेला एकदमै खुसी छिन् । उनको खुसीको कारण हो– फिल्म ‘कृष्ण लीला’ । फिल्म भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म अभिनयका हिसाबले उनको दोस्रो भए पनि रिलिज हुन लागेको पहिलो हो । त्यसैले प्रचारप्रसारमा उनी जोडतोडले लागिरहेकी छन् । उनले यसअगाडि अभिनय गरेको फिल्म ‘हृदयभरि’ आधाआधी रोकिएको थियो ।

बौद्ध आरूबारीकी स्थायी बासिन्दा क्षेत्री विज्ञापन चलचित्र, म्युजिक भिडियो हुँदै फिल्ममा होमिएकी हुन् । केही थिएटर अनुभवसमेत रहेकी उनी ‘कृष्णलीला’ प्रदर्शनपछि आफ्नो फिल्मी करियरले उडान भर्ने आशामा छिन् । यिनै अभिनेत्री क्षेत्रीलाई रातोपाटीका दर्जन प्रश्न ।

‘कृष्ण लीला’ प्रदर्शनमा आउँदै गर्दा प्रचारका लागि दौडधूप कति छ ?

–फिल्मको प्रचारप्रचारमा एकदमै दौडधुप गरिरहेको छु । म मात्र होइन, पुरै फिल्म युनिट जतिसक्दो मिडियामा पुग्ने, सामाजिक सञ्जाल लगायत चारैतिर फिल्म प्रचार गर्ने गरिरहेका छन् । के गर्दा धेरै मासको माझ ‘कृष्ण लीला’ पुग्छ । त्यो क्रियाकलापमा हाम्रो फोकसमा परिरहेको छ ।

फिल्ममा कस्तो भूमिका छ, अपेक्षा पनि ठूलै होला ?

–फिल्ममा मेरो भूमिका सिम्पल, नर्मल फेमलीको एउटा केटीको भूमिका छ । फिल्मको प्रदर्शन के हुने हो, दर्शकले के भन्ने हुन् भनेर एक किसिमको डर त छ । फिल्म राम्रो बनेको छ । मैले पुरै फिल्म हेरिसकेकाले दर्शकले रुचाउनु हुन्छ भन्ने विश्वास लिएकी छु ।

फिल्मकी नायिका आफ्नो सौन्दर्यतिर कतिको ध्यान दिनुहुन्छ ?

–अभिनेत्री भएपछि सौन्दर्यमा ध्यान दिनुपर्छ । फेसवास, सन्सक्रिमलगायत मेकअप नियमित गर्छु । घरकै दही, हल्दी, गोलभेडालगायत अर्गानिक मेकअप समेत गर्छु । कलाकारिता पब्लिकसँग प्रत्यक्ष सरोकार राख्ने फिल्ड भएकाले मेकअप अनिवार्य छ ।

फेसनमा इन्ट्रेस्ट त होला नि ? 

–फेसन सुहाउँदो र सजिलो गर्न मनपर्छ । त्यसैले सक्स, जिन्सलगायत सिम्पल पहिरन धेरै प्रयोग गर्छु । गाउन र सारीमा म राम्री देखिन्छु ।

घुमघाम मनपर्छ ?

–घुमघाममा रुचि छ । घुमघामको धेरै अवसर पाएकी त छैन । देशको केही ठाउँ फिल्म, म्युजिक भिडियो अभिनय सिलसिलामा घुमेकी छु । विशेष गरेर चिसो ठाउँहरू घुम्न मनपर्छ ।

मनपर्ने खाना ?  

–पहिले म नन्भेज थिएँ, अहिले भेज भएकी छु । नन्भेज समय बटर चिकेन मेरो फेबरेट खाना थियो । अहिले त घरमै पकाएको मनपर्छ ।

अभिनयको पहिलो कमाइ कति थियो र के गर्नुभयो ?

–कक्षा ९ मा हुँदा एउटा विज्ञापन अभिनय गरेको थिए । त्यो समय मलाई ४ हजार दिइएको थियो । त्यो केमा खर्च गरे भन्ने यादै भएन ।

कलाकारिता किन रोज्नुभयो ?

–कक्षा ८ देखि नै मलाई मोडलिङतिर रुचि थियो । फोटोसुटहरू गर्थे । त्यो फाटोसुट गर्दा, मोडलिङको माहोल हेर्दा यसमै लोभिए । ‘प्लस टु’ पछि भने अभिनयतिर मन लाग्यो । त्यसपछि अडिसन दिएर फिल्म ‘हृदयभरि’ गरेको थिए । अभिनयको हिसाबले त्यो पहिलो हो । फिल्म बीचमै रोकियो । त्यसपछि ‘कृष्ण लीला’ अभिनय अवसर पाएँ । रिलिजको हिसाबले ‘कृष्ण लीला’ पहिलो भन्दा हुन्छ ।

तपाईं कस्तो केटी ?

–म एकदमै फ्रयाङ्क छु । मसँग जो जसरी बोल्छ । त्यसरी नै बोल्न सक्छु । नयाँ मानिससँग बोल्न घुलमिल गर्न समस्या छैन ।

प्रेम त पक्कै होला ?

–अहिलेसम्म प्रेम छैन । त्यसतर्फ सोच गएको पनि छैन । अहिले मेरो करियर बनाउने बेला हो । त्यसैले मैले पुरै फोकस करियरतिर दिइरहेकी छु । प्रेम मेरो प्राथमिकतामा नै परेको छैन ।

ड्रिम ब्वाईको सोच कस्तो छ ?

–माया त जोसँग पनि हुनसक्छ । ड्रिम ब्वाई भगवानले जस्तो दिनुहुन्छ, त्यो स्वीकार्छुु । मलाई, मेरो कामलाई बुझ्ने, धेरै माया गर्ने चाहिँ चाहिन्छ ।  

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ? 

– त्यस्तो अवसर पाए साहिद कपुरसँग डेट जान्छु । साहिद मेरो फेबरेट अभिनेता हो । ऊ मलाई एकदमै क्युट, चकलेटी, चार्मिङ लाग्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप