चुनावी तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनको निर्णय
शुक्रबार, २० साउन २०७९, १२ : ०७
५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
‘आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ’, भुसालले भने, ‘चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’ उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।
बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा