कर्णालीका मुख्यमन्त्रीद्वारा गुर्भाकोटको निरीक्षण
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको निरीक्षण गरेका छन् । शुक्रबार दिउँसो गुर्भाकोट पुगेका उनले गुर्भाकोटका कर्मचारीहरुलाई जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिए । धेरैजसो समय कार्यलय र वीरेन्द्रनगर बाहिर नजाने मुख्यमन्त्री शाही भने शुक्रबार एक्कासी गुर्भाकोट पुगेका हुन् ।
गुर्भाकोट नेपाली काँग्रेसको वर्चश्व रहेको पालिका हो भने काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहपालिका समेत हो । निरीक्षणका क्रममा उनले स्थानीय तहको सरकार चुल्होको सरकार भएकोले सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाह प्रदान गर्न निर्देशन दिएका थिए ।
साथै उनले जनप्रतिनिधिलाई जनताको अपेक्षाअनुसार काम गर्न समेत निर्देशन दिए । गुर्भाकोटमा नेपाली काँग्रेसबाट प्रमुखमा हस्त पुन र उपप्रमुखमा मैना विक निर्वाचित भएका थिए । साथै मुख्यमन्त्री शाहीले स्थानीय तह र जनप्रतिनिधि, कर्मचारीको वृत्ति विकासमा प्रदेश सरकार संवेदनशील रहेको समेत बताए । मुख्यमन्त्री शाहीलाई नगर उपप्रमुख मैना विकले स्वागत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा