बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफूलाई पाल्न सक्दिनँ भनेर पसलमा चोरे, पक्राउ गर्न प्रहरीलाई दिए दबाब

शुक्रबार, २० साउन २०७९, १६ : ०२
शुक्रबार, २० साउन २०७९

थाइल्याण्डमा ६० वर्षका एक व्यक्तिले आफूलाई पक्राउ गरियोस् भनेर फार्मेसीबाट सामान चोरेका छन् । आफूलाई पाल्न नसक्ने बताउँदै उनले उक्त चोरी गरेका थिए ।

घटना सन् २०२२ को जुलाई २९ तारिखमा दक्षिण बैंककको चोनबुरी प्रान्तको हो । ६० वर्षका एक व्यक्तिलाई फार्मेसीबाट तीनवटा साबुन चोरिरहेको अवस्थामा कर्मचारीले भेटे । ती साबुन ०.४७ डलर पर्छन् । उक्त फार्मेसीमा सामान चोरी नगर्न कडा सूचना जारी गरिएको छ । चोरी गरेको अवस्थामा कसैलाई भेटे सामानको ३० गुणा बढी जरिवाना तिनुपर्ने वा जेलसमेत जानुपर्ने सूचना लेखिएको पनि छ । यद्यपि, त्यहाँका कर्मचारीले ती बुढा मान्छेलाई केही नगर्ने निधो गरे, त्यहाँ नजिकै उभिएर घटनालाई नियालिरहेका एक व्यक्तिले जरिवाना तिरिदिने प्रस्तावसमेत पेश गरे । तर ती बुढा व्यक्ति मानेनन् । प्रहरी बोलाइदिन आग्रह गरिरहे ।

फिचिट नाम भएका ती व्यक्तिले आफूलाई प्रहरीले पक्राउ गरोस् भन्ने मनसाय कर्मचारीलाई व्यक्त गरे । त्यसैले कर्मचारीले उनले भने झैँ गरे । सोधपुछको क्रममा ती व्यक्तिले आफू जेलमा जान चाहेको बताए । उनले जेलमा तीन छाक निःशुल्क खाना पाइने र अन्य व्यक्तिसँग कुराकानी पनि गर्न पाइने बताए । बाटोमा काम नगरी बस्नु र भोकै मर्नुभन्दा त जेल नै सुखजस्तो लागेर  आफूले चोरी गरेको उनले बताए ।

प्रहरीले यो घटनालाई कसरी मिलायो भन्ने चाहिँ स्पष्ट जानकारी दिइको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप