बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
व्यङ्ग्य

स्वतन्त्र पसलको बिगबिगी

शनिबार, २१ साउन २०७९, ०७ : १५
शनिबार, २१ साउन २०७९

केही समयअघि एउटा पसल खोलेँ, ‘स्वतन्त्र मर्मत केन्द्र’ । यही नाम किन राख्ने भन्नेहरूलाई जवाफ छः ट्रेण्ड हजुर ट्रेण्ड । संविधान, ऐन, कानुनले पनि स्वतन्त्रताबारे उल्लेख गरेकाले त्यसको सदुपयोग गर्दै पसल सुरु गरिहालौं र आफ्नो व्यापार बढाइहालौं भनेर लागियो । पसलले गुजारा राम्रै चलेको पनि त छ ।

मर्मत केन्द्र भनिहालेँ नि । यहाँ हर थोकको मर्मत हुने गर्छ । सर्वहाराको मुद्दा बोक्ने र अधिकार दिने बेलामा कुलेलम ठोक्ने जति उ त्यता भित्ताको फ्रेममा सजिएका छन् । भीडभाडमा हुँदा पहिचान र विभेदको कुरा गर्ने तर कानुन बनाउने बेलामा आलटाल गर्नेहरू दिमागको पञ्चर टाल्न यतापट्टि लाइनमा उभिएका छन् । 

राजा चाहिन्छ वा चाहिँदैन भन्नेमै अलमल भएकाहरू लेऊ झ्याउ टाँसिएर करेसातिर थन्किएका छन् । आफू प्रादेशिक पदमा हुँदा प्रदेश चाहिन्छ भन्ने, पदमुक्त भएपछि यसको खाँचो छैन भन्ने दहीचिउरेहरू उतापट्टि खाल्डोमा छन्, त्यहीमाथि पानी जमेर लामखुट्टेले फूल पारिरहेको छ ।

बिहानै एउटा ग्राहक आइपुगे । साम्यवादी व्यवस्थाको ऐना फेर्नुपर्ने रहेछ । यत्रा समय मानेका व्यवस्थामा राजावादी ऐना चाहीँ राख्न मिल्छ कि मिल्दैन ? भन्दै थिए । रहर पनि के के हुन् यिनका ? पहिले त्यही ऐनालाई पश्चगामी, पूरातनवादी, जडसूत्रवादी भन्दै कबाडीमा बेच्ने यिनै हुन् । मैले सस्तोमा किनेर महँगोमा अन्तै पठाइदिएँ ।

प्रदेश संरचनाको नटबोल्ट अलि लुज भएको छ । स्थानीय तह बलियो देखेता पनि केन्द्रमा हुने गठबन्धनले दुई पार्टीमा लागेका लोग्ने स्वास्नीलाई पनि थाल खाउँ न भात खाउँ भएको रहेछ । पार्टी छोडेर अर्को पार्टी गठन गर्नेलाई कारबाही गर्दै गलहत्याए भन्नेहरू रुख्खा सुख्खा देखेर उ त्यो ड्रमभित्र पानीमा ढड्याएको छु । तिनलाई टालटुल गरेर हावा भर्नुछ ।

टायर फुस्केको राजतन्त्रको टायर फेरेर बनाउन सकिन्छ भन्ने सल्लाह नपाएको होइन । तर खिया लागेको राजतन्त्रको नटमा गणतन्त्रको बोल्ट नमिल्दो रहेछ । हुन त वेल्डिङ गरेर नयाँ नामको व्यवस्था बनाई बजारमा लगे पनि कसले थाहा पाउने हुन् र ?

बिहानै एउटा ग्राहक आइपुगे । साम्यवादी व्यवस्थाको ऐना फेर्नुपर्ने रहेछ । यत्रा समय मानेका व्यवस्थामा राजावादी ऐना चाहीँ राख्न मिल्छ कि मिल्दैन ? भन्दै थिए । रहर पनि के के हुन् यिनका ? पहिले त्यही ऐनालाई पश्चगामी, पूरातनवादी, जडसूत्रवादी भन्दै कबाडीमा बेच्ने यिनै हुन् । मैले सस्तोमा किनेर महँगोमा अन्तै पठाइदिएँ ।

हिजै मात्रै जति हाले पनि फ्युल ट्रयाङ्क चुहिन छोडेन भन्दै एउटा पुँजीवादी आइपुगे । पुँजीवादी भएकाले पुरानो कोट फुकाल्नोस्, नयाँ कोट लगाउनोस् भन्दा आफूm लेइसेज फेयरवाला परेँ भन्दै थिए । यी विदेशमा व्यवस्था पढ्नेहरू के के भन्छन् उतिसारो बुभ्mदिनँ । शतप्रतिशत पुँजीवाद कोही छैन । नाम समाजवाद राखेर पूँजीवादको खोल ओढ्नेहरू संसारैभरी छरिएका छन् ।

कोहीकोही त नयाँ व्यवस्था ल्याउँछन् र पूरानाको खोल हालिदिन भन्छन् । नगर्दा रिसाउँछन्, देशका सीमापारी गएर भएपनि खोल हालेर आउँछौं भन्छन् । भीम विरागको गीत जस्तोः दुखेको मुटुलाई छाँट्नै नमिल्ने रहेछ । सम्झाउँछु, हुँदैन । रुघाखोकी उपचारमा जाँदा उतै खोल हाल्छन् अनि आएर काटकुट सिलाएर मिलाइ दिनुप¥यो भन्छन् । अर्काको जडौरी सस्तोमा बोकेर ल्याएर देशलाई डम्पिङ साइट नै बनाइदिने भए यिनीहरूले ।

समाजवादी नामका पसल दर्जनौँ खुलेका छन् । को असली, को नक्कली थाहा पाउनै मुस्किल । यस्तै समस्या मलाई पनि आइलाग्छ बेलाबेला । एकदिन पुरानो ग्राहक भेट भयो । सोध्दै थिए– “तपाईंको पसल भनेर उतापट्टि पुगेको त अर्कैको पो रहेछ ।” मेरै सटरसँग जोडेर खोल्ने त होइन नि । 

त्यही दिन अर्का ग्राहक आइपुगे र भने– “मैले त तपाईंको भन्ठानेर अन्तै पो मर्मत गराएँ । कस्तो नाम पनि उस्तै उस्ता ।” मलाई समस्या माथि समस्या थपियो । मेरो पसल ‘स्वतन्त्र मर्मत केन्द्र’ सँग मिल्ने गरी थुप्रै पसल खुले । एउटाले ‘असली स्वतन्त्र मर्मत केन्द्र’ नाम राख्यो । अर्को खुकुरीभन्दा कर्द लाग्ने भएर निस्कियो । 

सडक पारीपट्टि ‘नयाँ स्वतन्त्र मर्मत केन्द्र’ खुल्यो । मेरै दायाँपट्टि ‘असली स्वतन्त्र मर्मत केन्द्र’ खुलेर तेश्रो मुलुकका स्वतन्त्र भन्नेबाट उद्घाटन पनि गराइयो । पार्टपूर्जा पनि विदेशबाटै ल्याउँछन्, मिस्त्री पनि उतैका ल्याउँछन्, खोलदेखि झोलसम्म पनि सक्कली भनेर उतैका हालेका छन् । 

डार्बिनले सर्भाइभल अफ द फिटेस्टमा भनेजस्तो आफ्नो अस्तित्व जोगाउन प्राणीले हदैसम्मको प्रयत्न गर्छ । मैले त्यसै गरेँ । शान्ति र्‍यालीमा पुगेर पान गुट्खा बाँडेकै छु, दंगा फसादमा जाँदा ढुंगा, इँटा सप्लाई गरेकै छु । प्रेमले केही नायक र थुप्रै मुर्ख पैदा गर्छ भन्छन्, म उनीहरुलाई उल्कै प्रेम गर्छु ।

त्यही साता बायाँपट्टिको सटरमा ‘असली बाजेको स्वतन्त्र मर्मत केन्द्र’ खुल्यो । पञ्चर, बेरिङ, चेन, प्याडल, खोल, रङरोगनका लागि मर्मतका लागि आउनेहरूले उस्तै नामका पसलहरू देखेर अन्तै गए भने हाम्रा गुजारा कसरी चल्छ होला ? सोचमग्न भएँ । ‘टुप्पीको स्वतन्त्र मर्मत केन्द्र’ खुल्दासम्म मलाई पूरानै ग्राहकले पुगिहाल्छ भन्ठानेको थिएँ । जब ‘अक्सफोर्ड स्वतन्त्र मर्मत केन्द्र’ को ओपनिङमा कतै नदेखिएका स्वतन्त्र मानिसहरू झोला बोकेर आए, त्यसपछि मैले हरेश खाएँ, उनीहरूले प्याकेटका समोसा र नमकिन ।

अन्ततः मैले दायाँबायाँ दुवैतिरका सटर मालिकलाई राम्रो भाडा दिने शर्तमा दुवै स्वतन्त्रहरूलाई जुधाएर निकालिदिएँ । यो मेरो पुरानो खेल हो । मेरो खेलका झेलमा परेर बर्खे भेलमा कमसल ढुंगा फुटेजस्ता उनीहरू फुटेर चकनाचुर, धुलो, पिठो, खरानी नै भए । मेरो लागि यो औधी खुशीको कुरा भैगयो । आखिर खाने मुखलाई मास्कले छेक्दैन भनेको सही नै हो क्यार ।

अन्ततः मैले आफ्नै मर्मत केन्द्रलाई फुटाएँ । श्रीमती, छोराछोरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर म प्रमुख भएर चलाइरहेकै छु । घिउ कहाँ पोखियो, भागैमा । यसरी घाटा देखिन लाग्यो भने आफ्नै पसलहरू मिलाएर ‘एकीकृत स्वतन्त्र पसल’ बनाउन मलाई कुनै गाह्रो पनि त भएन नि । स्वतन्त्र भने पनि कसै कसैले यसलाई कुलिनतन्त्र, अधिनायक, एकतन्त्रको नाम देलान्, नाममा के छ र ?

डार्बिनले सर्भाइभल अफ द फिटेस्टमा भनेजस्तो आफ्नो अस्तित्व जोगाउन प्राणीले हदैसम्मको प्रयत्न गर्छ । मैले त्यसै गरेँ । शान्ति र्‍यालीमा पुगेर पान गुट्खा बाँडेकै छु, दंगा फसादमा जाँदा ढुंगा, इँटा सप्लाई गरेकै छु । प्रेमले केही नायक र थुप्रै मुर्ख पैदा गर्छ भन्छन्, म उनीहरुलाई उल्कै प्रेम गर्छु । ग्राहकको पाकेट मारेकोमा समाएर पुलिसबाट कुटाउन जानेकै छु, उही पाकेटमारको अभिभावक भएर पुलिसबाट छुटाउन पनि पुगेकै छु । 

यस्ता कार्यले मसँग पुँजीवादी, समाजवादी सबैले सहकार्य गरेका हुन्छन् । पसलको नाम फरक राखेर म थरी थरीका धन्दा गर्दछु । त्यसो त नेपालमा यस्तो कार्य नयाँ पनि त होइन नि । नाम जेसुकै होस्, पसल मेरो हुनुपर्छ भन्ने नै मूल सिद्धान्त हो । 

चोकमा पुग्नेबित्तिकै कुखुरा फार्ममा दाना हाल्न मालिक उभिएजस्तो हुर्रिएर हुलका हुल आइहाल्छन् । उनीहरू मेरा लागि ज्यान दिन पनि तयार भएको बताउँछन् । हुन त यी अन्तैका खेताला हुन् तर यी मेरा मात्रै नभएर सबैका पनि त हुन् । यिनैलाई उपयोग गर्नुपर्छ भन्ठानेर अस्ति सरकारी गाडी र भवनहरू तोडफोड गराइयो । त्यसका भाडा पनि उस्तो महँगो परेन । हाकिमसँग चिनजान भएकै कारण आफ्नै चारवटा फर्मको नाममा कोटेशन हालेर मर्मत पनि गराइसकेँ । 

काम भन्ने बित्तिकै हुने भएर पनि आजकाल यही पसलमा ग्राहकहरूको भीडभाड चलेको हो । ग्राहक त यसैउसै पनि आउँछन्, तैपनि विज्ञापन एजेन्सीवालाहरू बील लिएर आउँछन् । एजेन्सीदेखि रेजेन्सीसम्म सबैलाई पाल्नु परेकै छ । गेडी नहुँदा हुन् त टेढिई सक्थे । हुन त पहाडमा भारी बोक्ने गधा र तराईमा टाँगा तान्ने साँढे पाल्नुभन्दा सजिलै छ यिनीहरू पाल्नलाई । बेलाबेला घाँस, चारो खुवाउनुको फाइदा लिएकै छु । मैले मात्रै सिधा हुनुपर्छ भन्ने के छ र ? आखिर ढुंग्रो जति नै सिधा किन नहोस्, सात सालयता कसैका पुच्छर पनि सिधा भएका होइनन् क्यार । जय सिस्नुपानी ।

लेखक सिस्नुपानी, मकवानपुरमा आबद्ध छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप