शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावी गठबन्धनबारे निर्णय लिन लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

शनिबार, २१ साउन २०७९, ०७ : ३०
शनिबार, २१ साउन २०७९

लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा भएसँगै लोसपाले कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

सोमबारका लागि बोलाइएको बैठकमा चुनावी गठबन्धन, निर्वाचन तयारी प्रक्रिया र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ । 

आगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप