बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित
तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको छ । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश छन् ।
यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा प्रस्तुत छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानो पंखी चरा निकै फुरुङ्ग परेको छ । किनकि ऊ सानो भएपनि उसका सपना निकै ठूला छन् ।
सानो पंखी चरा सपनाका व्यापारी आउने कुराबारे उल्लु काकालाई सोध्छ । एकाएक आकाशमा देखिएका रंगीबिरंगी चराले बहुमूल्य सामान लिएर कागहरूको देशमा आइपुग्छन् । तिनीसँग अरुहरुले आफ्नो रुचिअनुसारको सामान किन्छन् । ठूल्ठूला सपना बोकेर हिँड्ने सानो पंखीको रोजाइमा कुन सामान प¥यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ? यसरी यसमा सानोपंखीको मनोदशालाई प्रस्तुत गरिएको छ ।
सात वर्ष वात्सल्यभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल