
दक्षिण अफ्रिकाद्वारा आयरल्यान्डविरुद्धको सिरिज क्लिन स्विप

आयरल्यान्डविरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । शुक्रबार राति भएको खेलमा ४४ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज २–० ले जितेको हो ।
इङ्ल्यान्डको ब्रेस्टोलमा दक्षिण अफ्रिकाले दिएको १८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभर ५ बलमा अलआउट भएर मात्र १३८ बनायो ।
आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३४ बनाउँदा ब्यारी म्याक्कार्थीले ३२ रन बनाए । पउल स्टर्लिङले २८ रनको योगदान गरे । दक्षिण अफ्रिकाका लागि वायन पार्नेलले ५ लिए । त्यस्तै डेनियल प्रिरियसले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४२ रन बनाउँदा हिनरिच केल्सनले ३९ रन बनाए । कप्तान डेबिड मिलरले अविजित ३२ रनको योगदान गरे ।
आयरल्यान्डका गरिथ डिलेनले २ विकेट लिए । एन्डी एमसी ब्रेइन, मार्क एडिएर, बेरी र जोसु लिट्लेले एक–एक विकेट लिए । दक्षिण अफ्रिकाले सिरिजको पहिलो खेलमा २१ रनको जित निकालेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ