ad
x

कथा : केशिया

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

‘आफ्नाहरू यादमा होइनन्, रम् रम्मा बस्छन् ।


कि उनको यादमा अड्डिएर कि उनीहरूको अदामा अड्डिएर म रम पिउने गर्छु । उनको यादमा त रम मात्रै सीमित हुन्छ । उनीहरूको अदामा रम र रङ्गरलिया दुबै असीमित हुन्छन्,’ भन्ने गर्थी केशियाले । भतिज पतियाले नसुनेझैं गरी आफ्नो कोठामा पस्थ्यो । र, चुकुल मारेर पढ्न थाल्थ्यो । 



पल्लो कोठामा केशिया केश फिंजारेर फुक्काफाल पल्टिन्थी र मोबाइल स्क्रोल गर्थी । केहीबेर गमेझैँ गरेर भिडियो कल मार्थी, ‘फेरि लकडाउन भयो बुढो । म कोठामै लक भएकी छु । 

– ‘के भो र काली ! मैना दिनलाई पुग्ने रासन पानी त कोठामै छ नि !’

– ‘उँम्, त्यो त छ बुढो । तर याँ नपुग चिज अर्कै छ ।

– ‘लकडाउन हटेपछि छुट्टी मिलाएर भेट्न आउलाँ म !’

– ‘हस् बुढो, बाई, म्वाँह्’ मोबाइललाई चुमेर केशियाले बदनको तडप मेटेझैँ गर्छे र एक हातले केस मिलाउँछे । फेरि लगत्तै रमको गिलास चुमेर धित मर्ने गरी पिउँछे । उसको तडप अझै मेटिएको थिएन । अनि जुरुक्क उठ्छे । खुट्टा धम्धमाउँदै पुग्छे पतियाको ढोकाछेऊ । ‘ढक् ढक्’ गर्छे । 

कोठाभित्र पढ्दै गरेको पतियाको मुटु बेस्मारी ढक्ढकिन्छ । बाहिरबाट आवाज सुनिन्छ । 

– ‘पतिया ! ओए पति, मेरो पतिया । हि हि हि...’, खित्केको आवाज सुनिन्छ ।

यति सुनेपछि पतियाको आँखामा उसको गाउँ सलबलाउँछ, अनि आमाबाउका असरल्ल सम्झना । ढोका ढक्ढक् भैरहेको हुन्छ । ऊ बालकझैं कोठाको कुनामा दोब्रिन पुग्छ । भित्रबाट केही प्रतिक्रिया नआएपछि केशिया झोक्किन्छे । र, बोलाउँछे । 

– ‘नामर्द, अघिल्लो लकडाउनमा त खुब मर्दाङ्गी देखाइस् । तेरो त्यो मर्दाङ्गी फेरि देखाउँदैनस् ? नदेखाउने भए आइज हेर्, मेरो मोबाइलमा सेभ छ । कि तेरो बालाई पनि देखाइदिऊँ । तेरो बा मरेको मुखडा देख्न मन छ ?’ केशियाको आवाज लरबरिएर निस्किरहेको थियो ।

कोठाभित्र भयङ्कर भूइँचालो मच्चियो, कोरोना कहर छँदैथियो । उसले सोच्यो त्यो भिडियो यस्तै जबरजस्तीले बनेको हो भन्ने बालाई के थाहा ! एक छाक टारेर सहर पढ्न पठाएका बाको मनमा पानी फिर्नेछ । भिडियो हेरेपछि बा ठहरै हुनेछन् । ऊ थकमकायो । ढोका खोलुँ कि नखोलुँको अन्तरमनमै सुस्त चुकुल खोल्यो । चुकुल खुलेसँगै ढोका ह्वाङ्ङै खुल्यो । 

ढोका खुलेझैं केशिया पनि ह्वाङ्ङै खुलेकी थिई । ढोका उसैले धकेलेर खोलेकी थिई, आफू धक फुकालेर खुलेकी थिई । उसका ब्रा दाहिने पाखुरामा लत्रिरहेको थियो । पैतालामा अल्झिरहेको सुरुवाल ऊ अघि बढेसँगै घिस्रियो । उसका पाउ उडिरहेका थिए, डेग छुटिरहेका थिए । केशियाको खुट्टा लडबडिएसँगै पतियालाई लप्केर सहारा बनाइहाली अनि क¥याप्प अँगालोमा बेरी । रमको रम्रम्ले उसमा कामबासना झन्झनै उर्लेर बढेको थियो । 

कामबासनाको हवस्ले धुत केशीयाले पतियालाई अँगालोमा जकडेर चपाचप म्वाइँ खान थाली । उसको हवसलाई पतियाको कमिजले अल्झाइरहेकोे थियो । उसको कमिजको बटन चुँडालेर देहबाट अलग्याई फ्याँकी । केशियाका ओठ र हातहरू अब पतियाको नाङ्गो देहमा सबलाउन थाले । केशियाको सास कामुकताको हवस्ले बढेको थियो । उसका ओठ थरथरिन थालेका थिए । कामुकताको रङ उसको आँखामा प्रष्ट देखिएको थियो । उत्तेजनाको तडप उसको देहमा लपक्क लिप्सिएको थियो । दुबै छरपस्टिएका किताबमाथि गुजुल्टिए । 

ती किताबका पानाहरू बाराम्बार रगडिदै थिए । अक्षरहरू घोटिदै थिए, धुमिल हुँदै थिए । अक्षरहरू अक्षम भएर खजमजिदै थिए । किताबका पानाहरूले ती दुईका रङ्गरलिया थेग्न नसकेर धुजा हुँदै थिए । सर्वाङ्ग बुङ्गिएकी केशिया तृप्त भएर उठी । 

अनि एक पलक पतियालाई हेरी, सन्तृप्त अदामा मस्किएर मुस्काई । पतियाको देहको जोश सिनित्तिएको थियो । उसले अङ्गडाई मिसाएर भनी, ‘यो कहानी कसैलाई नसुनाएस् । नत्र तँ त मर्छस् मर्छस्, सँगै तेरो बाऊपनि । कुरा बुझ् । लकडाउनको निषेधाज्ञा जारी नै छ । यो लकडाउन हाम्रो लागि ककडाउन हो । कि मलाई गर् कि आफै मर् । बुझिस् । कोठा सर्ने, या भाग्ने ! नसोच्दा हुन्छ । असम्भव, हुँह् ।’

 

+

जोडले ढोका ढप्काउँदै केशिया बाहिरिई । रात छिप्पिएको थियो । त्यो व्यस्त सहरको एक घरमा दुई मनुख्खे मात्रै बस्थे । पतिया आफ्नो कोठामा गुटमुटिएको थियो । उसको मनमा अनेकानेक भावहरू उर्लिरहेका थिए । उसले आफ्नो गाउँघर, आमाबा र काकुलाई सम्झ्यो । आफूभन्दा मात्रै सात वर्षले जेठो काकु । काकुले बिहे गरेको एक वर्ष पुग्दा नपुग्दै काकी केशियाकै हठमा सहर पसेका थिए । विदेश उड्नुभन्दा केही दिन अघिमात्रै काकीको हेरचाह र पढाइका लागि पतियालाई सहर बोलाएका थिए उसका काकुले । 

पतियाको काकु विदेश उडेसँगै उसको काकीले रङ्गरलिया मच्चाउन र देखाउन पनि सुरु गरेकी थिई । रात–रातभर ऊ हराउँथी । दिनदिनै पहिरन फेरेसँगै उसले केटा फेर्थी । उसलाई घरसम्म छोड्न आउने केटाहरू हरदिन जस्तै फरक हुन्थे । पतियाले सबै कुरा बुझिसकेको थियो । काकालाई खबर गरुँ कि नगरुँ वहमा थियो ऊ । 

त्यही बेला त हो, उसको ढोका त्यसरी नै पहिलो पटक ढक्ढकिएको, कोठाभित्र भूइँचालो गएको । उसले नचाहेरै उसको कौमारत्व भङ्ग भएको थियो । त्यही दिनदेखि ऊ साँच्चैको आफ्नी काकीको ‘पति’झैँ बनेको थियो । सिलसिला बढेसँगै उनीहरू बिचको रङ्गरलिया मोबाइलमा योजनाबद्ध ढंगले कैद भएको पतियाले पत्तै पाएन । 

ऊ काकीको पक्कापक्की ‘पति’ नबन्दै काकीको करतुत काकुलाई नसुनाएकोमा वेहद पछुताएको थियो । उसले त्यो दिन पनि सम्झ्यो, जुन दिन काकीलाई पुलिसचौकीबाट छुटाएर ल्याएको थियो, केश थियो वेश्यावृत्तिको । घरमा ल्याएपछि दिक्दार हुँदै पतियाले सम्झाएको थियो काकीलाई, ‘काकी, यो सबै छोड्नुस् । खाना, पैसा, लुगा के नपुग छ तपाईंलाई ?’

केशियाले मुख, पेट, नाभी र नाभीमुन्तिर थप्थपाउँदै भनेकी थिई, ‘खाना खाने मुखले खाना खान्छ, भोक मेटिन्छ । यो भात खाने मुख हो ? यल्लाई पनि भात ख्वाउनु ? खाना, पैसाले यसको भोक मेटिदैन, यसको भोक त केवल खसमले मात्रै मेट्न सक्छ । यत्ति पनि थाहा छैन !’ 

– ‘त्यसो भा काकुलाई स्वदेश बोलाउनुस् ।’

– ‘हुँह्, तँ बाट पाउने तृप्ति ऊ बाट पनि पाउन सक्दिनँ । ऊ त घरको मुर्गा दालभात बराबर हो । तँ लकडाउनभरिको लागि मात्र मेरो मुर्गा होस् । त्यसपछि हरेक छाकमा गाँस फेरिएझैँ मलाई फरक मुर्गाको स्वाद चाहिन्छ । बुझिस् ?’ भनेर केशियाले पतियालाई हातपात समेत गरेकी थिई । अनेकानेक धम्क्याएकी थिई । 

+

लकडाउनको अन्त्यसँगै काकु स्वदेश आयो । एक्कासी आफ्नो श्रीमान् कोठामा छिरेपछि केशिया आश्चर्यमा परी । केही असमञ्जस, केही उदास महशुस गरी । केशियाले देखावटी खुशी देखाउन नपाउँदै उसको खुशी खल्यात्–खुलुत्त भई बिस्मात्मा परिणत भएको थियो । 

केशियाको मोबाइल काकुले हात पारेसँगै पतियालाई थमाइसकेको थियो । पतियाले मोबाइलका भिडियोहरू स्क्रोल गरेर ध्यानपूर्वक हे¥यो । त्यहाँ आफूलाई झैं ब्ल्याकमेल गर्ने हेतुले कैद गरिएका अनेक भिडियो थिए । त्यसमध्येको आफ्नो भिडियो चलाखीपूर्वक हटायो र मोबाईल पुनः काकुलाई थमायो । 

काकुले मोबाइल स्क्रोल गर्दै प्रहरी चौकीको केश फाइल र भिडियोहरू केशियालाई देखायो । केशियामा मौजुद अलिअलि रोष सिनित्तै स्खलित भयो । डरले उसका हातपाउ लुला भए । बिस्मयबोधक मुहारमा एक निमेष उसले पतियालाई हेरी ।

...

केही साता अघि प्रहरी चौकीबाट जमानतको लागि पतियालाई फोन आएको थियो । पतियाको मोबाइल नम्बर प्रहरीलाई केशियाले नै दिएकी थिई । प्रहरीले पतियालाई सोधेको थियो, केशियाको बारेमा । पतिया पनि के कम ! पढेलेखेको ग्वाँच, गवाँर त थिएन ऊ । उसले प्रहरीबाट केशियाको बारेमा थप जानकारी लिएको थियो । र, आफूलाई परेको समस्या समाधानका लागि जिकिर पनि फर्माएको थियो । 

हो, त्यही दिनदेखि प्रहरीले केशियाका गतिविधिमाथि सुटुक्क निगरानी सुरु गरेका थिए । निगरानीपछि प्रहरीले थप प्रमाण जुटाएर पतियाको सहायताले केशियाको पतिलाई खबर पठाएका थिए । त्यसैले ऊ केशियालाई थाहै नदिई अकस्मात् स्वदेश झरेको थियो । ऊ केशियाको व्यवहारप्रति भयङ्कर बेखुसी थियो । 

प्रहरीबाट प्राप्त प्रमाणहरू आफूसँग भएकोले ऊ केशियाविरुद्ध झनै बलियो भएर उभिएको थियो । उसले आफ्नो रिसलाई काबुमा राख्नै सकेन । पुनः मोबाइलका भिडियोहरू स्क्रोल गर्दै केशियाका आँखा घोच्ने गरी देखायो । र, गालामा चड्का लगायो । 

केशिया नमज्जाले तिल्मिलाई । उसको पतिले पुनः अर्को झापड हान्यो । केशियाले रोषका साथ आफ्नो पतिलाई हेरी । उसको गाला रन्किएर, मुहार फन्किएर तम्तमाइलो देखिएको थियो । उसका दाह्रा कटकटिएको थियो । समग्रमा केशियाको मुहार उग्रचण्डी झैँ देखिएको थियो त्यसबेला । 

त्यो देखेर उठेको झापड मथ्थर भएर लत्रक्क झ¥यो, यद्यपि उसको पतिको हातगोडा रिसले कप्कपाइरहेको थियो । उसका कप्कपिएका हातले केशियाको पाखुरा समायो । घिच्याउँदै कोठाबाट बाहिर डो¥यायो । बाहिरी गेटसम्मै लघा¥यो । गेट खोल्यो । केशियालाई गेटबाहिर हुत्यायो । समाजले उक्त दृष्य गोधुलीमा हेरिरहेका थिए । उसले केशियातर्फ हेरेर थुक्दै भन्यो, ‘जा तेरो कुरुप अनुहार अब कहिल्यै देख्न नपरोस् ।’ 

केशिया पनि के कम थिई । उसले आबेगका साथ भनि, ‘तँ सँग हात उठाउनुबाहेक केही दम छैन । म सामु जे उठाउनु पर्ने त्यो त उठ्दैन गतिलरी ! एउटी नारीलाई तृप्त पार्न नसक्ने नामर्द होस् तँ । तँ सँग अलग्गिनु नै थियो, बेसै भयो । हेर्दै जा, तँलाई नाङ्गेझार पारेर छोड्छु म । रुक्, अब अदालतमा अन्तिम भेट हुनेछ । तँ जेलमा कैद हुनेछस् । बाँकी जीवन जेलैमा बिताएस्, तँ मुर्दार ।’

केशियाले आक्रोशसहित विष वमन गरेपछि उसका पति खङ्ग्रङ्ग भए । उ असिन पसिन भएको थियो । केही महिना अघि मात्रैको घटना उसले सम्झ्यो, लोग्नेलाई अनेक लाञ्छना लगाएर उसको एक नजिकको साथीलाई स्वास्नीले जेल पुर्याएको । यो त एक प्रतिनिधि घटना मात्रै थियो । उस्तै घटना उसका निधार वरपर फनफनी घुम्न थाले । 

सामाजिक सञ्जालमा देखिएका यसखाले प्रेमी प्रेमिकाका थुप्रै घटना पेचिलो परिदृश्य बनेर उसका आँखामा बिझाउँदै थिए । यस्तै दृष्यले उसलाई अधिर बनाइरहेको थियो । यही बहमा ऊ मनमनै गमेको थियो, ‘ओहो ! भैगो म महिलाको कानुनी जकडमा फँस्दिनँ । पारपाचुकेपछि आधा सम्पत्तिको हकदार हुन्छे त्यो आइमाई । मनगणन्ते अनेक केश थोपरेर जेलमा सडाउन सक्छे ! बरु सम्झौता गर्छु । साथीहरूले जस्तै मैले पनि जेल जीवन बिताउन चाहदिनँ ।’ 

एक झट्कामै उसको पौरुष मर्दभाव र रोष स्खलित भएर टिप्लिक्क भूइँमा खस्यो । ऊ लाचार भई दुई हात जोडेर केशियाको पाल्तु कुकुर भएर पछिपछि लाग्यो । भतिज पतिया भरङ्ग भयो । त्यो दृश्य समाजले लज्जाबोधसहित हेरिरहेको थियो । गोधुली साँझ, अधेरी रातमा परिणत हुँदैथियो । उसको मनले भनिरहेका थिए, ‘सबै आइमाईहरू यो आइमाईजस्ता हुँदैनन् भो ! अचाक्ली आइमाई ।’

कथाकार ‘अज्ञात’को टुकी उपन्यास प्रकाशित छ 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।