
एएफसी च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् । नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भारतीय क्लब गोकुल केरेलाबाट एएफसीमा आवद्ध भएकी हुन् ।
सावित्रा गत महिना भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यावसायिक फुटबल खेल्ने भएकी हुन् ।
सावित्राको १६ गोलको सहयोगमा गोकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो । सावित्राले प्ले अफमा ३ गोल गरेकी थिइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ