ad
x

बीमा कम्पनी मर्जर – सैद्धान्तिक स्वीकृति अघि जनशक्ति व्यवस्थापनको खाका माग्न कर्मचारीको आग्रह

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

बीमा कम्पनीका कर्मचारीहरूले मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनु पूर्व कर्मचारीको पद, तह र सेवा सुविधा लगायतको योजना माग्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गर्दै मर्जर अघि कर्मचारी व्यवस्थापनको योजना माग्न बीमा समितिलाई आग्रह गरेको हो ।


संघले मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नु पर्ने माग राखेको छ । संघले बीमा समिति समक्ष ‘कर्मचारीले खाइपाई आएको तलब सुविधा नघट्ने गरी व्यवस्थापन गरिनेछ’ भनेर लेखिएको पत्र माग्न समिति समक्ष आग्रह गरेको छ ।



नियामक निकायले नै यस विषयमा ठोस कदम चाल्नु पर्ने संघको निष्कर्ष छ । बीमा क्षेत्रलाई सबल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यावसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीको हित तथा उनीहरूको सेवा र सेवा सर्तको रक्षाका लागि विभिन्न चार विषयमा बीमा समितिले स्पष्ट निर्देशन जारी गर्नुपर्ने संघको माग छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।