
इकबाल बंगलादेशका लागि एक दिवसीयमा ८ हजार रन पूरा गर्ने पहिलो खेलाडी

तमिम इकबाल बंगलादेशका लागि एकदिवसीय क्रिकेटमा आठ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनी एकदिवसीय क्रिकेटमा आठ हजार रन पूरा गर्ने आठौं ओपनर हुन् । शनिबार भएको जिम्बावे विरुद्धको खेलमा उनले ६२ रन बनाउँदै ८ हजार रन पूरा गरेका हुन् । उक्त खेलमा बंगलादेश जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
इकबालले आफ्नो एकदिवसीय क्रिकेटमा ५४औं अर्धशतक पनि पूरा गरेका छन् । इकबालको कप्तानी पछि उनले आफ्नो सात सिरिजमध्ये ६ सिरिज जितेका छन् । इकबालले सन् २००७ बाट एकदिवसीय क्रिकेट करियर सुरुवात गरेका थिए । बंगलादेशका लागि उत्कृष्ट ओपनरको रुपमा रहेका इकबाल टेष्ट क्रिकेटमा मुस्तफिजुर रहमानभन्दा एक स्थानले तल छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ