ad
x

प्रचण्डले सच्याए सिञ्जो आवे बारेको भनाई : विभिन्न माध्यमबाट कुराकानी हुन्थ्यो

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको नेपाल भ्रमणमा बेला भएको भेटबारे आफ्नो भनाई सच्याएका छन् । जापानको फुकुवकामा भइरहेको नेपाल फेस्टिभल कार्यक्रममा सम्बोधन गर्दै उनले सिञ्जो आवेसँग विभिन्न माध्यमबाट अनौपचारिक वार्ता हुने गरेको र जापान आएका बेला प्रत्यक्ष भेटेर कुरा गर्नका लागि जापानी दूतावासमार्फत् प्रयास गरेको बताएका छन् ।


 अध्यक्ष प्रचण्डले भने–‘मेरो जापानमा आइ छाड्ने निर्णय भएको थियो एकदुई महिना अगाडि । त्यतिबेला जापानका प्रधानमन्त्री या पूर्व प्रधानमन्त्री आवेसँग विभिन्न प्रकारले भएका सम्पर्कमा कुराकानी हुने गरेका थिए । उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग फेरि एकचोटी प्रत्यक्ष भेटेर कुरा गर्ने जापानी राजदूतावासमार्फत पुर्‍याएको पनि थिएँ । तर दुर्भाग्य यही बीचमा उहाँको दुःखद अवसान भयो ।’



यसअघि उनले जापानको नारिता विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आबेको नेपाल भ्रमणका बेला दुई तीनपटक कुरा भएको बताएका थिए । तर आबे नेपाल भ्रमणमा नआएको तथ्य खुलेको थियो । नारिता विमानस्थलमा उनले भनेका थिए–‘पूर्वप्रधानमन्त्री आबेलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ । जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्व प्रधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तीन पटक कुराकानी भएको थियो र  असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टक्र्यासन राम्रो भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धको अर्को उचाईमा लाने भन्ने मेरो इच्छा थियो तर भएन ।’

जापानबाट तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सन् २००० मा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । त्यसपछि जापानका दुई परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका थिए । गत महिना जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको गाली हानेर हत्या भएको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।