ad
x

दोस्रो विवाह गर्दै ऋतिककी पूर्व पत्नी

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

ऋतिक रोशनकी पूर्व पत्नी सुजैनले चाँडै नै आफ्ना प्रेमी अर्सलान गोनीसँग विवाह गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । ’सुजैन र अर्सलान धेरै परिपक्व छन् । उनीहरूलाई थाहा छ कि उनीहरू आफ्नो बाँकी जीवन सँगै बिताउन चाहन्छन् र उनीहरू विवाह गर्न चाहन्छन्। सुजैनले दोस्रो पटक विवाह गर्न पनि गम्भीर रूपमा सोचेकी छन्," स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ। दुवैको विवाह भयो भने निकै साधारण तरिकाले हुने पनि समाचारमा भनिएको छ ।


यससँगै ऋतिक रोशनले पनि आफ्नी प्रेमिका सबा आजादसँग बिहे गर्ने योजना बनाएको कुरा पनि चलेको स्रोतले बताएको छ । तर अहिलेसम्म यो जोडीले विवाह गर्ने कि नगर्ने भन्ने निर्णय गरेको छैन । सुजैन र अर्सलान एकअर्कासँग धेरै समय बिताउने गरेका छन्। यी दुईको साथीमार्फत भेट भएको थियो । 



सुजैन खान र ऋतिक रोशनको जोडीलाई बलिउडका शीर्ष जोडीमध्ये एक थिए । धेरै वर्ष एकअर्कालाई डेट गरेपछि दुवैले सन् २००० मा विवाह गरेका थिए । विवाहपछि सुजैनले दुई छोरालाई जन्म दिइन्, रेहान र रिदान। तर सन् २०१४ मा दुवैको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि दुवैले सन्तान सँगै हुर्काउँदैछन् । लकडाउनको समयमा सुजैन दुवै बच्चाहरुबाट अलग बस्नु नपरोस् भनेर ऋतिकको घरमा बच्चाहरुसँग बस्न गएकी थिइन् । सम्बन्ध विच्छेदपछि पनि दुवैको सम्बन्ध निकै राम्रो छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।