
टुकोनद्वारा युथ काउन्सिल गठन

श्रमिकहरूको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौँमा युवा दस्ता बनाएको छ । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरि महासंघले टुकोन युथ काउन्सिल (टीवाइसी) काठमाडौँ जिल्ला कार्य समिति गठन गरेको हो ।
प्रदीप राना मगरको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा कुमार तामाङ, सचिवमा धनराम थापा, कोषाध्यक्षमा दिल कुमार तामाङ रहेका छन् । यसै गरी सदस्यहरूमा सुनवीर तामाङ, दीपक सुवेदी, मनोज श्रेष्ठ, प्रवीण राना, विकास गुरुङ, राजीव तिवारी, रमेश भुजेल, शेष दिल साह, हर्कमान लिम्बु, लक्ष्मण गुरुङ तथा विकास गुरुङ छन् ।
टुकोन युथ काउन्सिल काठमाडौँ जिल्ला कार्य समिति गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष जयकुमार खड्काले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको हकहित स्थापनाको लागि टुकोनले गर्ने हरेक आन्दोलनमा राप्रपा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
मन्तव्यकै क्रममा राप्रपा नेपालका सहायक महामन्त्री एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले टीवाइसी स्थापनाको उदेश्यमाथि प्रकाश पार्दै श्रमिकको हक अधिकार सुनिश्चित गर्ने आन्दोलनमा नवगठित टुकोन युथ काउन्सिल काठमाडौंले अग्रणी भूमिका निर्वाह गर्ने आशा र विश्वास व्यक्त गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ