सल्यानमा जङ्गली च्याउ खाँदा ९ जना बिरामी
सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानी बस्ने भूप बहादुर ओलीको एकै घरका ५ जना च्याउ खाएर बिरामी परेका हुन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ बस्नेतको परिवारका चार जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । उनकी श्रीमती वर्ष ४० की मिना बस्नेत, छोरी पवित्रा बस्नेत, सोही ठाउँमा केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेतको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ भने केशर बस्नेतकै ४ वर्षकी छोरी जोशना बस्नेतको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
आइतबार साँझ नै बनगाड कुपिण्डे नगरपालिका–९ जैतपानी बस्ने भूप बहादुर वलीको परिवारले जङ्गली च्याउ खाएर बिरामी भएका उनको परिवारका पाँच जनाकै जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । उनीहरूलाई सामान्य उपचार पछि प्रदेश अस्पताल सुर्खेतमा उपचार रिफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी