
सुन पसल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न बराईलीलाई पक्राउ गरेको हो । साथै उनको घरकोठा तलासी गर्दा दराज पछाडि कालो झोलामा लुकाई छिपाई राखिएको चोरी भएको ६ तोला ८३ लाल सुनका गरगहना र २ सय ९७ तोलाको चाँदीका गरगहना प्रहरीले फेला पारी बरामद गरेको छ । उनी उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ