बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेका १० जना पक्राउ

शनिबार, २१ साउन २०७९, १६ : २५
शनिबार, २१ साउन २०७९

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठ लगायत १० जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९६ हजार ३ सय ६० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप