ad
x

अल्मुताइरीलाई रञ्जितको जवाफ, ‘तपाईंको कारण खेलाडी विदेश पलायन भए’

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

डिफेन्डर रञ्जित धिमालले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कारण खेलाडीहरू विदेश पलायन भएको बताएका छन् । पहिले पनि खेलाडीहरू लिग नहुँदा नेपालमा नै रहेको समयलाई इंगित गर्दै धिमालले अल्मुताइरीको कारण खेलाडी मानसिक रूपमा थकित भएको आरोप पनि लगाए ।


धिमालले शनिबार सामाजिक सञ्जाल फेसबुकबाट प्रशिक्षक अलमुताईरीको खेलाडीहरू शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा थकित भएको बताए । यसअघि आज नै अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।



‘पहिले पनि राम्रो फुटबल गतिविधि भएन तर खेलाडीले यसरी विदेश पलायन रोजेनन् । तर तपाईंको हर्कत पनि खेलाडी विदेशिनुको अर्को प्रमुख कारण हो ।  यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस् । तर अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन् । यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो,’ उनले लेखेका छन्, ‘तपाई नेपालको फुटबल गतिविधिको कुरा गर्दै हुनुहुन्छ । वाह, तपाईंलाई लाज लाग्दैन ? तपाई कति झुट बोल्न चाहनुहुन्छ ? एनएसएल रोक्न खोज्ने तपाई नै होइन ? हामी सबैलाई यो घटना याद छ । जब एन्फाले एनएसएल गर्न चाहन्थ्यो । तपाईंलाई २ हप्ताको लागि प्रशिक्षण योजना पछाडि धकेल्न भन्यो । तर तपाईंले सबै खेलाडीहरूलाई कोठामा बोलाएर  व्यक्तिगत रूपमा उनीहरूलाई धम्की दिनुभयो,’ उनले त्यसअघि लेखेका छन् ।

अल्मताइरीले गर्दा नै नेपाल सुपर लिग (एनएसएल) हुन नसकेको आरोप लगाएका छन् । उनैको कारण विवाद आउँदा नै एनएसएल नभएको उनले भने । अल्मुताइरीले मानसिक रूपमा मात्र नभएर खेलाडीलाई बेला बेला धम्काउने गरेको पनि बताए ।

‘तिमीहरू एनएसएल खेल्न चाहन्छौ कि अलमुताईरीको टोलीबाट खेल्न चाहन्छौ ? सबै खेलाडी चुप लागे र कसैले एनएसएलको लागि आवाज उठाउन सकेनन् । पछि आफैँ तपाईंले पोस्ट लेखेर जनताको ध्यान खिच्ने प्रयास गर्नुभयो । र, एनएसएल हुनुपर्छ भन्ने चाहना भएको जस्तो नाटक गर्नुभयो ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।