ad
x

सार्वजनिक बिदाको दिन सञ्चारकर्मीको राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

नेपाल पत्रकार महासंघ ललितपुरमा आबद्ध १६३ सञ्चारकर्मीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको तर सेवाग्राहीको दैनिक चापका कारण कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले समयमा परिचय पत्र बनाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै महासंघ ललितपुरले सहजीकरण गरेको हो । 


महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रशासनसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पारेर शाखामा आबद्ध सञ्चारकर्मीहरूको परिचय पत्र बनाइएको जानकारी दिए । 



ललितपुरका प्रमुख जिला अधिकारी घनश्याम उपाध्यायले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र व्यस्ततालाई ध्यानमा राखेर प्रशासनले साथ दिएको बताए । ‘सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पर्छ भन्ने सरकारको मान्यता छ, हामी प्रशासनले पनि सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण गर्दै आएका छौँ’, उपाध्यायले भने, ‘यो अभियानमा कोही नछुटुन् भन्ने कोसिस हो, त्यसमा पत्रकार महासंघको भूमिकाले नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सन्देश गयो ।’

जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय पत्र इकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासंघले साथ दिएको भन्दै सञ्चारकर्मीलाई पनि सहजरुपमा परिचयपत्र बनाउन आफूहरुले साथ दिएको बताए । 

‘सरकारको अभियानमा पत्रकार महासंघले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ’, राउतले भने, ‘समयमै राष्ट्रिय परिचय बनाए सहज हुनेछ ।’

अन्य बेलामा प्रशासनमा भिडभाड बढी हुने भएकोले सञ्चारकर्मीका लागि सार्वजनिक बिदाको दिन सेवा दिएको उनले बताए । 

पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले शाखामा आबद्ध पत्रकारहरूको सहजताका लागि आफूहरूले विगतदेखि नै विभिन्न कार्यक्रममा सहजीकरण गर्दै आएको बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।