बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका लागि नेपाली राजदूत डा.सुवेदीको नीति : ‘आजको काम आजै, भोलि नभन्ने’

शनिबार, २१ साउन २०७९, १७ : ४४
शनिबार, २१ साउन २०७९

जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले आजको काम आजै गर्ने र भोलि भन्ने नीति लागू गर्ने बताएका छन् । हालै जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासमा पदबहाली गर्दै उनले ‘नो टुमरो पोलिसी’ लागू गर्ने बताएका हुन् । 

उनले नेपाल सरकार र जापानस्थित नेपाली राजदूतावासप्रति सेवाग्राही तथा आम नेपाली नागरिकहरूको सकारात्मक भावना अभिवृद्धि गर्न राजदूतावासले प्रदान गर्ने राहदानी, प्रवेशाज्ञा, वारेसनामा तथा अन्य कागजातहरूको प्रमाणीकरण लगायतका कन्सुलर सेवालाई सरल, सहज, सुलभ र जनमैत्री बनाउन आवश्यक प्रक्रिया पूरा भई कागजात पेस भएको अवस्थामा आजको काम आजै भोलि नभन्ने नीति लिने निर्णय गरेको नेपाली राजदूतावास टोकियोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप