शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हर्क साम्पाङको श्रम अभियानमा किरातीको ऐक्यबद्धता

शनिबार, २१ साउन २०७९, १८ : १५
शनिबार, २१ साउन २०७९

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाएका छन् । सांसद किरातीले शनिबार धरानको सरदु जलाधार क्षेत्रमा भएको वृक्षारोपणमा भौतिक सहभागिता जनाएर ऐक्यबद्धता व्यक्त गरेका हुुन् । शनिबार बिहानै जलाधार क्षेत्रमा पुगेर उनले वृक्षारोपण समेत गरे । अभियानमा ऐक्यबद्धता जनाउँदै उनले भने, ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु ।’

उनले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न पनि आग्रह गरे । उनले भने, ‘पहिले यस्तो श्रम माओवादीहरूले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौँ ।’ किरातीले  ‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्लामा नागरिकसँग संवाद गर्दै र उनीहरुको खेत–बारीमा श्रमसमेत गर्दै आएका छन् ।

सांसद किराती आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा खुसी व्यक्त गर्दै मेयर हर्क साम्पाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन् । ‘सांसदज्यू त आइदिनुभयो । अब प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्यो’ मेयर साम्पाङले सांसद किरातीलाई भने ।

किरातीले मेयर हर्क साम्पाङलाई सुझावसमेत दिए । श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप