बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोसीमा घट्यो पानीको बहाव

शनिबार, २१ साउन २०७९, १९ : २७
शनिबार, २१ साउन २०७९

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपरान्हबाट पानीको बहाव घट्न थालेको हो ।

शनिबार अपरान्हबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ ।

बिहान मौसम पूर्वानुमान शाखाले सप्तकोसीमा पानीको सतह धेरै बढ्ने भनेर पूर्वसूचना जारी गरेको थियो । हाल कोसी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप