शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुल बराबरीमा रोकियो

शनिबार, २१ साउन २०७९, १९ : ३४
शनिबार, २१ साउन २०७९

प्रिमियर लिग नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार भएको सिजनको पहिलो खेलमा लिभरपुलले फुलहमसँग २–२ गोलको बराबरी खेलेको हो ।  घरेलु मैदानमा भएको पहिलो खेलमा फुलहमले लिएको २–० गोलको अग्रतालाई उल्टाउँदै लिभरपुलले बराबरी खेलेको हो । 

खेलको ३२ औं मिनेटमा आलेक्सन्डर मिट्रोबिकले फुलहमका लागि अग्रता दिलाए । ६४ औं मिनेटमा ड्रविन नुन्जेले गोल गर्दै लिभरपुललाई बराबरी दिलाए ।  ७२ औं मिनेटमा आलेक्सान्डरले पेनाल्टी मार्फत गोल गर्दै फुलहमलाई २–१ को अग्रता दिलाए । 

८० औं मिनेटमा मोहम्द सलाहले गोल गर्दै टिमलाई हारबाट जोगाए । यो बराबरीसँगै लिभरपुल र फुलहमले पहिलो खेलबाट १–१ अंक जोडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप