शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

रोल्पामा एक महिलाको शव फेला

शनिबार, २१ साउन २०७९, २० : २४
शनिबार, २१ साउन २०७९

रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो । शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन् ।

शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । खोजी गर्ने क्रममा शनिबार बिहान ९:१५ बजे मृतकको शव आफन्तले फेला पारेका थिए ।  शवको पोष्टमार्टम गरेर आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप