शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले तीस वर्षमा घटाएको वायु प्रदुषण चीनले सात वर्षमै घटायो

शनिबार, २१ साउन २०७९, २१ : १९
शनिबार, २१ साउन २०७९

अमेरिकाले तीस वर्ष लगाएर घटाए बराबरको वायु प्रदूषण चीनले झण्डै सात वर्षमै घटाएको अमेरिकाको एक विश्वविद्यालयको अध्ययनले देखाएको छ ।  चीनले कडा कानुनमार्फत सन् २०१३ देखि २०२० को अवधिमा वायु प्रदूषणलाई ४०% ले घटाएको युनिभर्सिटी अफ शिकागो अन्तरगतको इनर्जी पोलिसी इन्स्टिच्युटको अध्ययनले देखाएको छ । 

अध्ययनमा भनिएको छ– ‘चीनका धेरै भूभाग अझै सुरक्षित मान्न नसकिने स्तरको प्रदूषित छन् । तर पनि उसले छोटो समयमा ठूलो सुधार हासिल गर्यो । वायु प्रदुषणको क्षेत्रमा छिटो प्रगति हासिल गर्न सकिन्छ भन्ने प्रमाण हो, यो’ 
वायु प्रदूषणले धुम्रपान, मद्यपान वा कमजोर सरसफाइले भन्दा बढी औसत आयु घटाउने शिकागो विश्वविद्यालयका अनुसन्धानदाताले भने । 

‘चीनले वायु प्रदूषण कम गर्नमा हासिल गरेको सफलता अन्य अन्य मुलुकहरुको लागि महत्वपूर्ण पाठ हो । कठोर प्रदुषणसम्बन्धि कानुनले सबै मुलुकमा उस्तै परिणाम निम्त्याउँछ,’ अध्ययनमा संलग्न वैज्ञानिकहरुले भने ।
विश्वका ९७% जनसंख्या विश्व स्वास्थ्य संगठनको निर्देशिकाले तोकेभन्दा खराब वायु भएको स्थानमा बसोबास गर्ने अनुसन्धानकर्ताले बताएका छन् । 

दशकौंदेखि प्रदूषण विरुद्ध लडिरहेका अमेरिका र युरोपका कुल जनसंख्यामध्ये झण्डै ९० प्रतिशत अझै मुलुकको ती भेगमा बस्छन् जहाँ विश्व स्वास्थ्य संगठनको निर्देशकाले निर्धारण गरेभन्दा खराब हावा भएको स्थानमा बसोबास गर्छन् । 

चीनले वायु प्रदुषण घटाउनको लागि मुख्यत प्रमुख शहरहरूमा कारको प्रयोग घटाउने र कोइला बाल्न प्रतिबन्ध लगाउने कदम उठाएको थियो । यी र अन्य कदमहरूको बलमा चीनले सात वर्षमै वायु प्रदूषणको स्तरलाई पहिलेको भन्दा ४०% मा झार्यो । अमेरिकाले सन् १९७० देखि ३० वर्षको अवधिमा देशको औसत प्रदूषणमा ४४% गिरावट न्युनिकरण गरेको थियो । चीनको सात वर्षको सुधार झण्डै अमेरिकाको तीस वर्षको बराबर देखिन्छ । –ब्लुमवर्गबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप