बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजका लागि समय पाएका यी आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्न पाउने

आइतबार, २२ साउन २०७९, ०७ : २७
आइतबार, २२ साउन २०७९

राहदानी लिनको लागि प्रत्येक दिन ११ बजे आवेदन फारम खुल्ने गरेको छ ।

गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आजका लागि प्राविधिक त्रुटीका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ । 

विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ । 

यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरुलाई  मंगलबार आवेदन फारम पेश गर्ने मिति तोकिएको विभागले जनाएको छ । 

विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप