शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो छ दुर्गेशको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ ?

आइतबार, २२ साउन २०७९, १० : ५३
आइतबार, २२ साउन २०७९

गीत संगीतका कारणले पटकपटक विवादमा पर्दै आएका आएका गायक दुर्गेश थापाले नयाँ गीत ‘बिच्च बिच्चमा ६’ ल्याएका छन् । तीजको अवसर पारेर सार्वजनिक गीतमा शब्द, संगीत र स्वर उनकै रहेको छ । ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ को सिक्वेलको रुपमा ल्याएको गीत सन्देश समेटिएको छ । यस अगाडि गीतहरुका कारण पटक–पटक आलोचनाको बिषय बन्दै आएका दुर्गेशले गीत छोरीका पीडाहरु गीतमा समेटका छन् । 

श्याम श्वेत रसाइलीले एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा दुर्गेशसँगै बालकलाकारद्वय जेविन र जेविस श्रेष्ठको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा सम्पादन क्रान्ति केसीले गरेका हुन् ।

विवादित गीत बनाएर चर्चामा रहन मन पराउने दुर्गेश अभिनेता पल प्रकरणपछि हराएका थिए । अहिले सन्देश मुलक गीत ल्याएर उनले आफु परिवर्तन भएको सन्देश दिन खोजेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप