एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

person explore access_timeसाउन २२, २०७९ chat_bubble_outline0

आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ ।


कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए ।  आईएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो । 



त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, इटहरी, धरान, मिर्चैया, बीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा , राप्ती सोनारी, भैरहवा, नेपालगन्ज,, बाँसगढी, गुलरिया, लम्की, भुरीगाउँ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नवास, महेन्द्रनगर लगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।



कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्वारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको छ ।   पाँचौ वर्ष वर्ष पुरा गरेको अवसरमा कम्पनीले शनिवार सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५ सय ७१ जनाले रक्तदान गरेका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।