शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा १० अंकको सुधार, २ अर्ब ६७ करोडको कारोबार

आइतबार, २२ साउन २०७९, १८ : १२
आइतबार, २२ साउन २०७९

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो ।

सेयर बजार ०.४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । यसक्रममा आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भएको छ । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४.५५ अंकको गिरावट आएको छ ।

आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास बैंक समूह ५२ अंकले बढ्दा व्यापार समूह ३८ अंकले बढेको छ । यसैगरी, वित्त समूह ३३ अंकले बढ्दा जलविद्युत २६ अंकले बढेको छ भने लघुवित्त समूहमा २७ अंक बढेको छ । यस्तै, अन्य समूह २२ अंक बढेको छ । 

आज नेप्से १० अंकले बढ्दा तीन वटा कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएको छ । जसमध्ये एउटा कम्पनीमा १० प्रतिशतको र २ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।

यस्तै, ९ प्रतिशतभन्दा बढीले बढेको तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ बढेर ५३३ रुपैयाँ पुगेको छ । यसका साथै, ९ प्रतिशतले नै बढेको उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ बढ्दै ३ हजार ७६४ रुपैयाँ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप